सीटीईभीटीको प्रवेश परीक्षा मिति सर्‍यो

साउन १९, काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले प्रवेश परीक्षाको मिति सारेको छ ।

परीक्षा नियन्त्रण कार्यालयले प्रि–डिप्लोमा र डिप्लोमा÷ प्रमाणपत्र तहको प्रवेश परीक्षाको मिति सारेको हो । साउन २० र २४ गतेका लागि तय भएको प्रवेश परीक्षाको मिति भदौमा सारिएको हो । भदौ २ गतेदेखि ६ गतेसम्म निःशुल्क र पूर्ण शुल्कीय तर्फको प्रवेश परीक्षा गर्न लागिएको परिषद्ले जनाएको छ । प्रवेश परीक्षाका लागि आवेदन दिने म्याद समेत थप गरिएको छ । साउन २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.