सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा दरखास्त आह्वान

साउन १६, काठमाडौं । सामाजिक सुरक्षा कोषले कार्यकारी निर्देशक नियुक्तिका लागि विज्ञापन निकालेको छ । खुल्ला प्रतिस्पर्धाद्वारा नियुक्तिका लागि कोषले (मंगलबार) आवेदन आह्वान गरेको हो ।

इच्छुक व्यक्तिले विज्ञापन खुला गरेको २१ दिनसम्म आवेदन दिन सक्नेछन् । अर्थशास्त्र, व्यवस्थापन, श्रम, वाणिज्यशास्त्र वा कानुनमा स्‍नातकोत्तर गरी सरकारी वा गैह्र सरकारी संघसंस्था वा कानुन बमोजिम स्थापना भएको कम्पनी वा संगठित संस्थामा अधिकृतस्तरको पदमा कम्तीमा १५ वर्ष काम गरेका नेपाली नागरिकले उक्त पदमा आवेदन दिन पाउनेछन् ।

आवेदनसँगै व्यावसायिक कार्ययोजनासमेत पेस गर्नुपर्र्नेछ । उक्त पदमा आवेदन दिन ५५ वर्ष उमेर नाघेको हुनुपर्ने छ । कोषको कार्यकारी निर्देशकमा नियुक्ति पाउनेले कोषको सेवा सर्तसम्बन्धी विनियमावली, २०७६ तथा कार्य सम्पादन सम्झौतामा उल्लेख भए बमोजिमका सर्तका आधारमा मासिक पारिश्रमिक तथा सुविधा पाउनेछ ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.