सरकारद्वारा प्याराग्लाईडिङका खेलाडीको सम्मान

काठमाडौं । सरकारले एसियाली खेलकुदमा रजत पदक बिजेता प्याराग्लाईडिङका खेलाडीहरुलाई ५ लाख नगरसहित सम्मान गरेको छ।

सरकारले इन्डोनेशियाको जाकार्तामा आयोजित एसियाली खेलकुद अन्र्तगत प्याराग्लाईडिङमा रजत पदक बिजेता नेपाली टोलीका कप्तान बिमल अधिकारी, युकेश गुरुङ, सुशील गुरुङ, विजय गौतम र विशाल थापालाई जनही ५ लाख नगदसहित सम्मान गरेको हो।

त्यस क्रममा रजत पदक बिजेता खेडालीहरुलाई राष्ट्रिय खेलकुद परिषदको आह्वानमा सोमबार काठमाडौंमा नगर परिक्रम समेत गरिएको थियो। त्यसपछि राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले रजत पदक बिजेता खेलाडीहरुलाई ५ लाख नगदसहित सम्मान गरेका हुन्। कार्यक्रममा बोल्दै उनले नेपाली खेलाडीहरुलाई उचित वातावरण बनाउन सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले नेपालको खेलकुद क्षेत्रको विकासमा आवश्यक पहल कदमी लिन पनि सबैलाई आह्वान गरे। त्यस अवसरमा मन्त्री विश्वकर्माले प्याराग्लाईडिङ खेलको विकासका लागि राज्यले लगानी बढाउने घोषणा गरेका छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.