प्राज्ञिक विद्यार्थी परिषदद्वारा व्यक्तित्व तथा नेतृत्व विकास तालिम

साउन १३, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद्ले नेपाल कमर्स क्याम्पस मीनभवनमा दुई दिने व्यक्तित्व तथा नेतृत्व विकास तालिम आयोजना गरेको छ ।

प्राज्ञिक विद्यार्थी परिषद् नेपाल र नेपाल कमर्स क्याम्पस विविए विभागको संयोजनमा बीबीए कार्यक्रममा अध्ययनरत विद्यार्थीहरूलाई दुई दिने व्यक्तित्व तथा नेतृत्व विकास तालिमको आयोजना गरेको हो । विविए तेस्रो सेमिस्टारमा अध्ययनरत चाँदनी पोखरेलको संयोजकत्वमा आयोजना गरिएको तालिम विविए कार्यक्रमका तेस्रो सत्र र अलग अलग सत्रका सिआरहरूको सहभागीता रहेको थियो ।

दुई दिन सम्म सञ्चालन भएको तालिममा आत्माजगरण, अनुभुती, प्रभावकारी संचार, निर्णय लिने क्षमताको विकास, अन्तरव्यक्तिगत सम्बन्ध, नैतिकता, राष्ट्रियता, संस्कार संस्कृति जस्ता विषयहरूमा विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले प्रशिक्षण प्रदान गरे ।

विविए कार्यक्रम अध्ययनरत विद्यार्थी निमा मोक्तानजीले सञ्चालन गर्नु भएको उद्घाटन सत्रमा कार्यक्रम संयोजक चाँदनी पोखरेल, विशिष्ट अतिथिको रूपमा विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, अतिथिहरू परिषद्का राष्ट्रिय मिडिया कार्य प्रमुख एवम् छात्र विचार पत्रिकाका सम्पादक कृष्णप्रसाद हुमागाईं, नेपाल कमर्स क्याम्पस विविए विभागका निर्देशक रवीन्द्र कुमार न्यौपाने, उप निर्देशक खुविराम आचार्यज्युको महत्त्वपूर्ण उपस्थिति रहेको थियोे। तालिमको मुख्य प्रशिक्षकमा नारायण प्रसाद ढकाल थिए ।

कार्यक्रमका सह संयोजक दीप कार्कीले सञ्चालन गरेको समापन सत्रमा सहभागी विद्यार्थीहरूले तालिमको अनुभव सेयर गर्दै, उक्त तालिम अत्यन्तै उपलब्धि मुलक र प्रभावकारी भएको अनुभवहरू सेयर गरेका थिए । तालिमको समापन सत्रमा प्रमुख अतिथिको रूपमा नेपाल बैंक लिमिटेड जावलाखेल शाखाका शाखा प्रमुख विदुर विक्रम थापा र अतिथिको रूपमा राष्ट्र बैंकका सहायक निर्देशक कृष्ण कुमार पालको विशेष उपस्थिति रहेको थियोे भने तालिममा सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र पनि वितरण गरिएको आयोजकले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.