भ्रष्टाचारको आरोपमा १२ जनाविरुद्ध मुद्दा दायर

साउन १२, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा मुगु र महोत्तरी जिल्लाका १२ जनाविरुद्ध आरोपपत्र दायर गरेको छ ।

अख्तियारले मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका मुगुका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ललित जङ्ग मल्ल, इन्जिनियर, निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत सात जना उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरिएको जानकारी आयोगका प्रवक्ता भोला दाहालले दिनुभयो ।

यसैगरी, जिल्ला महोत्तरी, पिपरा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयका तत्कालीन प्रमुख प्रशासकिय अधिकृत रंजिता झा, निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत पाँचजना उपर गैरकानूनी लाभ तथा हानि पुर्‍याई भ्रष्टाचार गरेकोसम्बन्धी आरोप–पत्र पनि दायर भएको छ । दुवै आरोपपत्र काठमाडौंस्थित विशेष अदालतमा दायर गरिएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.