सेटिङबिना सुन तस्करी सम्भव छैन : रवि लामिछाने

साउन ६, विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सेटिङबिना त्रिभुवन विमानस्थलबाट सुन तस्करी हुन नसक्ने बताएका छन् ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले विराटनगरमा आज (शनिबार) पत्रकारसँग कुरा गर्दै सेटिङ नभएसम्म विमानस्थलबाट सुन वा अरु कुनै पनि सामग्री तस्करी सम्भव नरहेको बताएका हुन् । ‘बिनासेटिङ, मिलेमतो नभएर सम्भव छैन । तर कुन लेबलको, कुन ढंगको हो भन्ने अनुसन्धान गर्नुपर्ने होला ।’ उनले भने । विमानस्थलमा सर्वसाधरणको एउटा मोबाइलसमेत भेट्ने सरकारले सयौँ किलो सुन नभेट्ने भन्ने नहुने उनको तर्क गरे। उनले सुन बरामद प्रकरणमा अनुसन्धान जारी भएकोले यसबाट थप टिप्पणी गर्न नहुने बताए । एमालेले गृहमन्त्रीको राजीनामा मागेको सन्दर्भमा उनले अनुसन्धान नहुँदै राजीनामा माग्नु उचित नभएको बताए । अरुले राजीनामा मागे भन्दैमा राष्ट्रिय स्वतन्त्र पार्टीले नमाग्ने बताउँदै उनले धैर्य गर्ने बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.