समाजवादी सहकारी संगठन ललितपुर जिल्ला कमिटीको प्रथम अधिवेशन सम्पन्न

साउन ५, काठमाडौँ । समाजवादी सहकारी संगठन नेपालको ललितपुर जिल्ला कमिटीको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

नेकपा (एकीकृत समाजवादी) ललितपुर जिल्ला पार्टी कार्यालय सातदोबाटोमा अधिवेशन सम्पन्न भएको हो । सहकारी क्षेत्रमा रहेका झिनो संख्याका विकृत व्यक्तिहरूका कारण सिंगो सहकारी क्षेत्र बद्नाम हुन नहुने एकीकृत समाजवादीका केन्द्रीय सदस्य अमृतनाथ तिमल्सिनाले बताए । विगतमा पनि ललितपुरमा रहेको सहकारीको ठूलो शक्ति निश्चित व्यक्तिहरूले दुरुपयोग गरेको पनि उनले बताए । अब बन्ने कमिटीले सहकारी भित्रका विकृतिको शुद्धिकरण गर्ने पनि उनले विश्वास व्यक्त गरे ।

समाजवाद निर्माणको मुख्य खम्बा सहकारी रहेको भन्दै चुनाव लड्न पनि सहकारीबाट ऋण लिने प्रचलनको अन्त्य हुनु पर्ने पेशागत महासंघ नेपालका अध्यक्ष प्रेमल कुमार खनालले बताए । सहकारी क्षेत्रले ऋण लेनदेनको कामलाई न्यूनीकरण गरेर उत्पादन, रोजगारी र वितरणलाई प्राथमिकतामा राख्नु पर्ने पनि खनालले विचार व्यक्त गरे । अधिवेशनले राजेश महर्जनलाई अध्यक्षमा चयन गरेको छ भने उपाध्यक्षमा विष्णु श्रेष्ठ, सचिवमा विजय श्रेष्ठ , सहसचिवमा , कोषाध्यक्षमा दिनेश डंगोल र सदस्यमा उर्मिला शर्मा, सविन श्रेष्ठ चयन भएका छन् ।

कार्यक्रममा संगठनका अध्यक्ष नवराज अर्याल, नेकपा (एकीकृत समाजवादी) केन्द्रीय निर्वाचन विभागका अध्यक्ष माधव पौडेल, ललितपुर इन्चार्ज कृष्णलाल महर्जन, पेशागत महासंघ नेपालका अध्यक्ष प्रेमल कुमार खनाल, एकीकृत समाजवादीका ललितपुर जिल्ला अध्यक्ष हरिकृष्ण थापालगायतको उपस्थिति रहेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.