आज नेपाल र युएईबीच क्रिकेट प्रतिस्पर्धा हुँदै

साउन ३, काठमाडौं। आज नेपाल र संयुक्त अरब इमिरेटस बीच क्रिकेटमा प्रतिस्पर्धा हुँदैछ। एसिसी इमर्जिङ टिम्स एसिया कपमा आफ्नो अन्तिम खेल आज नेपाल र युएईबीच प्रतिस्पर्धा हुन लागेको हो।

आज हुने खेल पिसारा ओभल खेल मैदान कोलोम्बोमा हुने छ। सो खेल नेपाली समय अनुसार बिहान १०ः १५ बजेबाट सुरु हुनेछ। समूह बी मा रहेका नेपाल र युएई ए दुबै समूह चरणबाट बाहिरी सकेका छन्। यद्यपि आज प्रतिस्ठका लागि दुवै टोली आज एक अर्कासँग आमने सामने हुनेछन्।

नेपाल आफनो पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट तथा दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित हुनु परेको नमिठो पीडासहित मैदानमा उत्रन लागेको हो भने युएई पनि भारत र पाकिस्तानसँग पराजित भएर नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो। युएइ भारतसँग ८ र पाकिस्तानसँग १ सय ८४ रनले पराजित भएर नेपालसँग आज प्रतिस्पर्धामा उत्रन लागेको हो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.