हुएस्काको गोलपोस्टमा बार्सिलोनाको ८ गोल

भदौ १८, काठमन्डौ । साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा यसै सिजन शीर्ष लिगमा आएको क्लब हुएस्कालाई फराकिलो गोल अन्तरले पराजित गरेको छ । आइतबार घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले हुएस्कालाई ८-२ ले पराजित गरेको हो ।

खेलको तेस्रो मिनेटमै बार्सिलोना पछाडी परेको थियो । हुएस्काले जुआन क्यामिलोको तेस्रो मिनेटको गोलमा अग्रता लिएको थियो । तर पनि हुएस्काले लजास्पत हार बेहोर्नु पर्‍यो ।

बार्सिलोनाकाे जितमा लियोनल मेस्सी र लुइस स्वारेजले २ – २ गोल गरे । यता साेसिडाड जोर्गे पुलिडोले आत्मघाती गोल गर्दा जुवान हर्नान्डेज र गाल्लर फाल्गुएराले १ – १ गोल फर्काए ।

१६ औं मिनेटमा मेस्सीले गोल गर्दै खेल १- १ को बराबरीमा ल्याए । २४ औं मिनेटमा जोर्गेले आत्मघाती गोल गरेपछि बार्सिलोनाले खेल २ – १ को अग्रता बनायो । ३९ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई ३ – १ को अवस्थामा पुर्याए । त्यसको तीन मिनेट पछि नै हुयास्काका फाल्गुएराले गोल गर्दै खेल ३ – २ अवस्थामा पुर्याए ।

दोस्रो हाफमा बार्सिलोनाले पाँच गोल थप्याे । ४८ औं मिनेटमा डेम्बेलेले ५२ औं मिनेटमा राकीटिच र ६१ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ६ – २ को अग्रता दिलाए । त्यसपछि खेलको ८१ औं मिनेटमा अलावा र ९० औं मिनेटमा स्वारेजले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई ८ – २ को जित दिलाए ।

यो सिजनको सबैभन्दा फराकिलो जित पनि हो । बार्सिलोनाले यस जितसँगै लिगको शीर्ष स्थानमा अंक बराबर गरेको छ । रियलले पनि तीन खेल जित्दै ९ अंक बटुलेको छ ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.