दुई देशका अधिकारीद्वारा तातोपानी नाकाको निरीक्षण

भदौ १८, सिन्धुपाल्चोक । नेपाल र चीनका अधिकारीहरूले २०७२ को भूकम्पपछि बन्द रहेको तातोपानी नाकाको निरीक्षण गरेका छन्। ल्हासास्थित नेपाली महावाणिज्य दूतावासको पहलमा दुबै देशका अधिकारीहरूले आइतबार नाकाको निरीक्षण गरेका हुन्।

वाणिज्य मन्त्रालयको इन्टर मोडल कार्यालयका प्रमुख लक्ष्मण बस्नेतका अनुसार नाका निरीक्षणमा परराष्ट्र, अर्थ र भौतिक पूर्वाधार मन्त्रालयका अधिकारी पनि सहभागी थिए। चिनियाँ टोलीमा ल्हासाको वाणिज्य कार्यालय अधिकारीसहित ४१ जना थिए। चिनियाँ टोलीले बाह्रबीसेसम्म पुगेर निरीक्षण गरेको थियो।

‘नाका पुनः सञ्चालन गर्ने कुरा भइरहेको छ। त्यसैका लागि निरीक्षण गरिएको हो। तातोपानीमा चीनले सुख्खा बन्दरगाह निर्माण गरिरहेको छ।
‘आउने मेमा बन्दरगाहको काम सकिन्छ। त्यसपछि नाका खोल्न सकिन्छ कि भन्ने हो,’ बस्नेतले भने।

Satkar Media House
Leave A Reply

Your email address will not be published.