हेर्दा बाबू जस्तै देखिन्छस् !

समयको हुरिसंगै मानिसहररू छुट्टिन सक्छन् । तर उनीहरूसीत जोडिएका भावना पनि त्यती सजिलै बिलाएर जान्छ र ? यो सम्बन्ध भन्दा निकै पृथक छन् ति साईना कोरिएका बाटा संरक्षणका भागिदार अनि किन मिल्दैन रूप । म प्रतीक्षा र दुबिधाले थाकेर स्मृतिका अक्षरहरु मेटाउन पक्कै सक्दिन । हतास,निराश, सहारा खोज्दै तिम्रा रूप र साईनो मिल्लान् तर तिमी आकस्मत फर्केर आउन सक्छौ ? जीवनमा कम्पन ल्याउन सक्छौ ?

गाँसिएका र बगेका रगतका रक्तकोष मिल्लान् भावना मिल्लान् तर व्यवहार फरक नै भैदेलान् । बाबाले सहेका अन्याय मेरा लागि चुनौति बने बाबाका लागि कहिले बनेनन् । खालि पैताला र रित्ता गोजिभित्र बाबाले सपना देखे मैले आखा खोल्दा पनि अन्धकार देखे जहाँ टेक्ने लौरा पनि लर्बरिनु नियम रैछ । जहाँ सपना भित्रका सपना फरक थिए। समय फरक थिए ।अबस्था आँफैभित्र अल्मल्ल थिए। त्यहि रुप भित्र फराकिला कल्पनाका कल्पित वाक्य र दिस्य ले चमक थिए।कति पुरा भए कति पाईला बिच नै पुर्ण विराम लागे।मेरा रुप त्यति उनका कल्पनिक र कल्पित दिर्श्य र मैले भोग्दै पुरा गर्ने वाक्य बिच मोडमै पुणविराम होलान् भन्ने दुस्चिन्ता मा मलिन मेरा रुप फुस्रा भए के पक्कै रुप मिल्य त ?

बाबुले सन्चय गरेर राखेको सम्बन्ध अन्याय बिच चुप रहि गासिएको सम्बन्ध बाबू भित्रका आस्था र आसा बाबू आस्थाए संगै अस्ताए । म पक्कै उदाउने कसरत भने गर्दिनँ । रित्ता पैताला र सेता खास्टाले धर्ति मात्रै टेकिन ।निकै कहालि लाग्दा तिर बिच दर्यो भएर उभिन हिम्मत राखे जति नै शारिरिक कम्पनले हल्लावस्। बाबू जस्तै अकल्पित वाक्य , परिवारिक भान्सादेखि चोकका दोकानमा काटिने अन्यायका आवाज उन्ले जस्तैः रुन्चे म हासो म हास्न सक्दिन । अनि म कसरी दुरुस्त देखिए।।

राज्यबाट प्राप्त प्रमाण पत्र नागरिक हुँ भन्ने कागजका पानाका केही हरफदेखि शिक्षित भईस् भनेर दिईने पत्रका हरफमा भने पक्कै नाम गाँसिए कहिले विलिन नहुने गरि ।। सपनाका हरेक दिस्य भरि ।। बाबू शब्दसंगै मेरा उन्का मितेरी साईनोका मुहार भित्रका चमक ।। उनी गएसंगै फुस्रा भए जस्तै चर्को घामलाई कालो बादलले मडारिदिएर पर डाडामा लगे जस्तै । त्यो त बर्षा लेराउने स्वार्थ थियो। तर ती बिच के स्वार्थ थियो मैले पत्तै पाईन्। दिमाग खिवाउने कस्टै गरिनँ ।अनि कसरी मिल्यो रुप जो रिसाउँदा र छल्दा विचलित हुन्थे … तर म कहिले हुन सकिन ।मेरा कलिला मस्तिष्कमा बलिया बिचार पक्कै आउथेँ फल लागेको बोट सबैका प्यारा हुन्छन् । गोडमेल देखि सुरक्षामा कुनै कसुर हुदैन बाटो हिड्ने बटुवादेखि छहारि खोज्दै आउनेको तछाड मछाड । उफ ! अब रुख पक्कै सुक्यो, मैले मलजल गर्ने कस्टै गरिनँ जसरि उनले गरि रहन्थे।

✍️लेखकः दिपिन न्यौपाने ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.