पहिलोपटक नेपालबाट हाइलेज चीन निर्यात

असार ३०, काठमाडौं । नेपालबाट आधिकारिक रूपमा पहिलोपटक पशुपालनका लागि उपयोगी हाइलेज ९पशु आहार० चीन निर्यात सुरु गरिएको छ । चितवनको भरतपुरबाट चीनमा हाइलेज निर्यात सुरु गरिएको हो ।

भरतपुरमा उत्पादित प्याकिङ घाँस हाइलेज चीनमा निर्यातको शनिबार उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कृषिमन्त्री बेदुराम भुसाल र नेपालका लागि चिनियाँ राजदूत छन सङले संयुक्त रूपमा रिबन काटेर शुभारम्भ गरे । कार्यक्रममा गृहमन्त्री श्रेष्ठले पशु आहार चीन पठाउने कामको सुरुआत भएको भन्दै अब नयाँ सम्भावनको खोजी गर्नुपर्नेमा जोड दिए । व्यापार घाटा कम गर्ने र सफल रूपमा देशलाई विकास र समृद्धिको दिशामा फड्को मार्नेतिर लैजान जरुरी रहेको उनले बताए ।

सो अवसरमा हाइलेज पशु आहार ‘लोड’ गरिएको १० ट्रकलाई चीनतर्फ पठाइएको थियो । करिब ८० टन हाइलेज चीनको सिगाचेमा पठाइएको हो । करिब तीन वर्षको प्रयासपछि नेपालको हाइलेज चीन पठाइएको छ । चिनियाँ व्यवसायीको लगानीमा चितवनमा हाल मकैको हाइलेज उत्पादन हुँदै आएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.