भदौ १८, काठमाडौं । नेपाल आयल निगमले एक महिनामा करिब ६४ करोड रुपैयाँ घाटा व्यहोरेको छ। पछिल्लो समय अमेरिकी डलरसँग नेपाली मुद्राको अवमूल्यन हुने क्रम सुरु भएपछि निगमको घाटा चुलिँदै गएको छ। यसका साथै अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि हुँदा निगमलाई थप असर परेको हो।
हाल अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निकै बढेको छ। करिब तीन साताअघि प्रतिब्यारल कच्चा इन्धनको मूल्य ७३÷७४ डलर थियो। विश्व परिवेशमैे भएको इन्धन राजनीतिका कारण हाल मूल्य वृद्धि भएर प्रतिब्यारेल ७७ डलर पुगेको छ। प्रतिब्यारेलमै पछिल्लो समयमा तीन डलरले मूल्य वृद्धि भएको छ। निगमका निमिक्त कार्यकारी निर्देशक सुशील भट्टराईकाअनुसार प्रतिब्यारेलमा तीन डलरले मूल्य वृद्धि हुँदा निगम ठूलो घाटा व्यहोर्न बाध्य छ।
प्रतिब्यारेलमा एक डलर मूल्य वृद्धि हुँदा मासिक १७ करोड घाटा हुन्छ। अहिले प्रतिब्यारेलमा बढेको तीन डलरका कारण मासिक करिब ५० करोड रुपैयाँ घाटा निगमले व्यहोर्नुपर्ने भएको छ।