असार २५, काठमाडौं । नेपाली कथानक चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’ अमेरिकाका राष्ट्रिय सिनेमा चेनहरूमा रिलिज हुने भएको छ ।
अमेरिकाका राष्ट्रिय सिनेमा चेन रेगल सिनेमा, सिने मार्क, रिडिङ सिनेमा, सिने पोलिसका हलमा ‘पशुपति प्रसाद २ः भष्मे डन’ रिलिज हुने निर्माया पक्षले जनाएको छ । सिनेमा कम्पनी सेभेन सिजले यी हलमा ‘पशुपति प्रसाद २ः भष्मे डन’ रिलिज गर्ने भएको हो । अन्य हलमा हजारदेखि १२ सय शोज हुने पनि ‘पशुपति प्रसाद २ः भष्मे डन’को निर्माण कम्पनी टुकी आर्टसले जनाएको छ । क्यानडा, बेलायत, जापान, अष्ट्रेलिया तथा मध्यपूर्वका हलहरूमा पनि ठूलो संख्यामा ‘पशुपति प्रसाद २ः भष्मे डन’ हल रिलिज हुने निर्माण पक्षले जनाएको छ । युरोपसँगै भारत, कोरियालगायतका देशमा पनि सिनेमा प्रदर्शन हुने बताइएको छ ।
निर्माण पक्षले नेपाली सिनेमाको इतिहासमै सबैभन्दा ठूलो विदेश रिलिज हुन लागेको टुकी आर्टसले जनाएको छ । दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको चलचित्रमा विपीन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगरलगायत कलाकार छन् । चलचित्र खगेन्द्र लामिछानेले लेखेका हुन् । चलचित्र नेपालमा दसैंको फूलपातीमा रिलिज हुँदै छ ।


