राधा–कृष्णको तस्बिर आफ्नो कोठामा राख्दा वैवाहिक जीवनमा यस्तो फाईदा

काठमाडौं । यदि तपाईको वैवाहिक जीवनमा कुनै समस्या आईरहेको छ ? वा पति–पत्नीबीचको माया प्रेम तथा विश्वासमा कुनै समस्या उत्पन्न भईरहेको छ । यस्तो समस्याहरु समाधान गर्न भगवान राधा(कृष्णको तस्बिर तपाईको बेडरुममा राख्नुपर्ने हुन्छ । आध्यात्ममा विश्वास गर्नेहरुले राधा–कृष्णको तस्बिर आफ्नो बेडरुममा राख्दा धेरै फाईदा हुन्छ ।

१. राधा–कृष्णलाई प्रेमको प्रतिक मानिन्छ । त्यसैले राधा–कृष्णको एउटा सुन्दर तस्बिर तपाई आफ्नो कोठामा राख्नुहोस् । यदि तस्बिर पहेलो रंगको फ्रेममा राखिए झनै राम्रो । यसले गर्दा पति–पत्नीबीच हुने समस्या समाधान हुनसक्छ । साथै नराम्रो तथा खराब समय पनि टाढा हुन्छ ।

२. राधा–कृष्णको तस्बिर नजिकै पति–पत्नीको तस्बिर पनि राख्नुहोस् । त्यसले कोठाको सुन्दरता बढाउनुको साथै दुईजनाबीचको सम्बन्ध पनि राधा–कृष्णजस्तै प्रगाढ बनाउन मद्दत मिल्छ ।

३. राधा–कृष्णको तस्बिर यस्तो ठाउँमा लगाउनुहोस जहाँ बिहान बेलुका देख्न सकियोस् । यसले पति(पत्नीबीचको प्रेम बढ्दै जान्छ ।


४. आफ्नो कोठामा लगाईएको राधा–कृष्णको तस्बिरमा उनीहरु दुईजना बाहेक अन्य गोपिनीहरु हुनुभएन् ।

५. पति–पत्नीले बिहान बेलुका नै यो तस्बिरमा दर्शन गर्दा मानसिक तनाव कम भएर जान्छ । साथै दुईबीचको मायाप्रेम तथा विश्वास बढ्दै जान्छ ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.