असार २०, काठमाडौँ । मानसिक रुपमा तनाव भइ दैनिक कार्य गर्न असहज भएका व्यक्तिहरूलाई लक्षित गर्दै निःशुल्क प्राकृतिक विधिको अभ्यास शिविर सञ्चालन हुने भएको छ ।
आगामी असार २३ गते शनिवार काठमाडौँकोमा हुने सो शिविरमा मानसीक रुपमा तनाव भएका इच्छुक व्यक्तिहरूलाई सहभागी हुन आग्रह गरेको छ । नृत्य सहजकर्ता चरण प्रधानद्वारा तालिममार्फत अभ्यास गराउने सो शिविरमा सबै उमेर समूहका व्यक्तिहरु सहभागी हुन पाउने भएको छ । शरिरका हातखुट्टा काम्ने, हाड्डी, स्वासप्रश्वासका मंशपेशीहरू तथा स्नायु प्रणालीलाई पुनःमिलन गराउन यो कार्यशाला गराउन लागेको प्रशिक्षक प्रधानले बताए ।
समाजमा मानसीक तनावले ग्रसित भएका र त्यस प्रकारको तनावलाई नियन्त्रण गर्ने उद्देश्यले यो अभ्यास गराउन लागेको बताएको छ । मानसीक तनावले पार्ने असरहरू प्रायः डिप्रेसन, एन्जाइटी, नाक दुख्ने, गर्धन दुख्ने, पछाडिको भाग दुख्ने लगायत हुन् । उक्त समस्याहलाई सरल र सहज विधिबाट समाधान गर्ने उद्देश्यले १ घण्टा ३० मिनेट प्राकृतिक अभ्यासमा सहभागी हुन प्रशिक्षक तथा नृत्य सहजकर्ता चरण प्रधानले आग्रह गरेका छन् । अभ्यासमा सहभागी हुन इच्छुक व्यक्तिहरूले निम्न मोबाइल नम्बरमा सम्पर्क राख्न सक्नुहुनेछ । शिविर असार २३ गतेखि १ महिनासम्मा चल्नेछ ।
सम्पर्क नं. – ९८१३८८७०४५

