अर्घाखाँचीमा पहिरोले पुरिँदा ३ बालबालिकाको मृत्यु

असार १९, काठमाडौं । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ।

पाणिनी गाउँपालिका–१ पणेनाको गोगनपानीमा गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन बालबालिकाको ज्यान गएको वडाअध्यक्ष कमल प्रसाद पोखरेले जानकारी दिए।

मृत्यु हुनेमा १० वर्षीय धनबहादुर रास्कोटी, १२ वर्षीय खुमबहादुर रास्कोटी र ११ वर्षीया मञ्जु रास्कोटीको मृत्यु भएको वडाअध्यक्ष पोखरेलले जानकारी बताए। पहिरोमा परि सचिन रास्कोटी सामान्य घाइते भएका छन् । उनको उद्धार गरेर पाल्पाको मिसन अस्पताल पठाइएको छ। घटनास्थलमा प्रहरी र स्थानीयले उद्दार गरिरहेका छन्। तीन वटा शव निकालिएको प्रहरीले जनाएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.