असार १८, काठमाडौं । ललितपुर जिल्ला अदालतका नासु र कानुन व्यवसायीबिच भएको विवादको विषयलाई लिएर देशभरका कानुन व्यावसायीहरु आन्दोलनमा उत्रिएका छन् ।
आसार १३ गते जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङमाथि हातपात गरेको आरोपमा अधिवक्ता अमिर लामिछाने पक्राउ परेका थिए । सोही घटनाको विरोधस्वरूप नेपाल बार एसोसिएसनले आज देशभर बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस पैरवी नगर्ने घोषणा गर्दै आन्दोलनमा उत्रिएका हुन् ।
उक्त घटनामा पक्राउ परेका अधिवक्ता लामिछाने आइतबार साधारण तारेखमा रिहा भइसकेका छन् । तर पनि कानुन व्यवसायीले घटनाको छानबिन हुनु पर्ने, दोषिलाई कारबाही गर्नु पर्ने र लामिछानेमाथि लगाइएको झुटो मुद्दा फिर्ता हुनु पर्ने माग राखेर प्रदर्शन गरेका छन् । ललितपुर बार एसोसिएसनले आयोजना गरेको विरोधसभामा अधिवक्ता लामिछानेले पनि सम्बोधन गर्ने जनाइएको छ ।
अधिवक्ता लामिछानेले महिला कर्मचारीमाथी हातपात गरेपछि घटना बाहिरीसंगै चौतर्फी विरोध र कारवाहीको माग गर्दै आएको थियो । सोही दिन प्रहरीले पक्राऊ गरि एकदिन थुनामा राखिएको थियो । कर्मचारीमाथी नै हातपात गर्ने अधिवक्ताहरुले कस्तो बहस गर्ला भन्ने बहस सतहमा आईरहदा आफ्नो इज्जात जोगाउनका लागि मुद्ध फिर्ता लिन दबाब दिर्दै आन्दोलनमा उत्रेका छन् ।

