गर्मी मौसममा स्वस्थ रहन यस्ता खानेकुरा खाने

काठमाडौं । अहिले गर्मीको मौसम छ। गर्मीले आजित बनाएपछि मानिसलाई के गर्ने र कसो गर्ने भन्ने हुन्छ। कहाँ शितल होला, के खाँदा शितल होला भन्ने पिरलो सबैलाई हुन्छ। त्यसैले गर्मीका बेला खाने कुरामा ध्यान दिनुपर्छ।

गर्मीमा शरीरमा पानीको कमी हुने अर्थात् डिहाइड्रेसन हुने लगायतका विभिन्न खाले संक्रमण तथा स्वास्थ्य समस्या देखिन सक्छन्। डिहाइड्रेसनको खतरा गर्मी याममा निकै बढि हुने भएकाले आफ्नो खानपिनको आदतमा विशेष ध्यान दिन र जिउको रोगप्रतिरोधी क्षमता बढाइराख्न विशेषज्ञहरुले सल्लाह दिने गरेका छन्। गाँजर, गोलभेँडा, पालक, काँक्रो, खरबुजा, मेवा, आँपजस्ता फलफूल खानुपर्छ। गर्मीमा यस्ता मौसमी फल खानु ज्यादै राम्रो हो। यसले एसिडिटीको समस्याबाट पनि छुटकारा दिलाउँछ। यस्ता मौसमी तरकारी र फलफूल खाने गर्नाले शरीर शीतल रहन्छ।

पोषण विज्ञहरुका अनुसार गर्मीमा मानव शरीरबाट अत्यधिक पसिना निस्कने कारण इलेक्ट्रोलाइट असन्तुलित बन्दछ। त्यसकारण नियमित खानाको अलावा फलफूल तथा सागसब्जी र प्रसस्त सलाद लिनु जरुरी हुन्छ। गर्मी याममा सरीरमा पानीको पर्याप्त आपूर्तिका लागि प्रसस्त पानीको मात्रा हुने सागसब्जी तथा तरकारीहरु जस्तै फर्सी, करेला, लौका, पालुंगो, हरियो सिमीको भोजन गर्नुपर्छ।

गर्मी याममा खाजाको रुपमा पनि दुध, फलफुल, जुस, टुसा उमारेको गेडागुडी लगायतका परिकार समावेश हुनु आवश्यक हुन्छ। त्यसका साथै बिहानको खानामा दालभात समावेश गर्नु राम्रो हुन्छ।

बेलुकीको खानामा फाइबरयुक्त सागसब्जी, बन्दा तथा काउली र रोटीको सेवन गर्नु स्वस्थकर हुने र जिउले पचाउन सजिलो हुने बताइन्छ।

गर्मी याममा डिहाइड्रेसनबाट बच्नका लागि ग्रीन टी अथवा कोल्ड कफीको सेवन पनि लाभदायी हुन्छ। गर्मीको समयमा शरीरको पाचन प्रणालीमा समेत समस्या आउने भएकाले हल्का खाना खानुपर्छ नत्र अपच हुने जोखिम हुन्छ। लामो समयको अन्तरालमा धेरै खानेकुरा खानुभन्दा छिटो छिटो तर थोरै थोरै खानेकुरा खाएमा पचाउन सजिलो हुन्छ।

त्यस्तै तरबुजा, खरबुजा, कांक्रो, लिची, स्याउ जस्ता मौसमी फलफुल खानुपर्छ, जसले शरीरमा पानीको पर्याप्त आपूर्ति गर्नुका साथै रोग प्रतिरोधी क्षमता पनि बढाउँछ। बजारमा पाइने चिसो पेय पदार्थको साटो दही, उखुको रस, नरिवल पानी तथा लस्सी पिउनु आवश्यक हुन्छ।

तेलमा तारेका, भुटेका खानेकुराहरु नखानु नै राम्रो हुन्छ। खानेकुरा पकाएर लामो समयसम्म नराख्नुहोस्, छिटै खानुहोस्। बासी खानेकुरा खाँदा रोगको संक्रमण हुने जोखिम हुन्छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.