सूचनाको हकका लागि राष्ट्रिय महासंघ काठमाडौँको अध्यक्षमा पत्रकार मिश्र

असार १६, काठमाडौँ । सूचनाको हकका लागि राष्ट्रिय महासंघ काठमाडौँको अध्यक्षमा राससका पत्रकार पूर्णप्रसाद मिश्र चयन भएको छ ।

शनिवार काठमाडौँमा भएको जिल्ला कार्य समिति काठामाडौँको प्रथम अधिवेशनबाट अध्यक्षमा मिश्र चयन भएको हो । त्यस्तै उपाध्यक्षमा विनोद बस्नेत, सचिवमा कल्पना भट्टराई, सह–सचिवमा अभिमन्यू नेपाल र कोषाध्यक्षमा भीम लामा चयन भएका छन् । कार्य समितिका सदस्यहरुमा सन्तोष भण्डारी, रविराज रिमाल, जीवन शर्मा खनाल, प्रकृति खड्का र अविनाश लामिछाने चयन भएका छन् । लोकतन्त्रको रक्षा र सुशासनमैत्री समाज निर्माणमा सहयोग पु¥याउन महासंघले महत्वूर्ण कार्य गर्दै आएको छ ।

काठामडौँ जिल्ला कार्य समितिको नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना दिदैँ सूचनाको हकका लागि राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष उमीद बागचन्दले सार्वजनिक सरोकारका विषयमा सम्बन्धित निकाय र नागरिकवीच सूचना आदानप्रदान गर्ने परिपाटीको अभ्यास गराउनेमा विश्वास व्यक्त गरेका छन् । विकास र परिवर्तनको संवाहकको रुपमा सूचनालाई लिनुपर्ने भएकोले सूचनामैत्री व्यवस्था निर्माणमा सबै नागरिक सचेत हुन आवश्यक रहेको बताए । नागरिकलाई पाउने अधिकारमाथी कसैले पनि हस्ताक्षेप गर्न नहुने बताउँदै सूचनाको हकलाई प्रत्यभूति गराउन राज्य व्यवस्था प्रणाली गम्भीर हुनुपर्ने बताए ।

 

त्यस्तै उपत्यका प्रदेश समितिका अध्यक्ष ताराबहादुर भण्डारीले कृषि, शिक्षा लगायत अन्य भौतिक संरचनाको काममा हुने अनिमियतता रोक्न अझै सचेतना अभियानको आवश्यकता रहेको बताए । उनले सार्वजनिक निकायले सूचना लुकाउनु सामाजिक अपराधको संज्ञ दिदैँ सरकारका सबै तहमा सूचनामैत्री हुनुपर्नेमा जोड दिए । प्रथम अधिवेशनबाट निर्वाचित सूचनाको हकका लागि राष्ट्रिय महासंघ काठमाडौँ जिल्ला कार्य समितिका अध्यक्ष पूर्ण प्रसाद मिश्रले समाजमा देखिएको र नागरिकसंग प्रत्यक्ष सरोकार राख्ने विषयको सूचना सहजै उपलब्ध गराउन सम्बन्धित पक्षले ध्यान दिन आग्रह गरे । अध्यक्ष मिश्रले काठमाडौँ जिल्लाको सबै स्थानीय तहमा सूचना लिने र दिने अभ्यासलाई अभियानकै रुपमा लैजाने प्रतिवद्धतता गरे । यो अभियान स्वयमसेवी भावनाका साथ भएको उल्लेख गर्दै सबै स्थानीय तह र शैक्षिक संस्थाहरुमा अभियानलाई तिब्रता दिने उद्घोष गरे ।

कार्यक्रममा सूचनाको हकका लागि राष्ट्रिय महासंघका केन्द्रीय सदस्य प्रेमभक्त रेग्मी, भक्तपुरका अध्यक्ष महेश घिमिरे र ललितपुरका अध्यक्ष शिवहरि घिमिरेले शुभकामना मन्तव्य राखेका थिए । साथै निर्वाचन अधिकृतमा दिरेन्द्र दवाडी रहेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.