पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ

असार १५, काठमाडौँ । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो।

ठगी मुद्दामा पूर्वसांसदसमेत रहेका रौनियार र उनका छोरा सुमित रौनियारविरूद्ध जिल्ला अदालत बाँकेले गत वैशाख १० गते पक्राउ गर्न आदेश जारी गरेको थियो। उनलाई थप अनुसन्धानका लागि प्रहरीले बाँके पठाउने तयारी गरेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.