६ हजार डाक्टरहरुले आफ्नो लाइसेन्स सरकारलाई बुझाए

भदौ १७, काठमाडौं । नयाँ मुलुकी ऐन संशोधन गर्न माग गर्दै ६ हजार डाक्टरहरुले आफ्नो लाइसेन्स सरकारलाई बुझाएका छन् ।

आजदेखि दोस्रो चरणको आन्दोलन सुरु गरेका देशभरका डाक्टरहरुले आफ्नो लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा बुझाएका हुन् । माइतीघर मण्डलामा प्रदर्शन गरेपछि डाक्टरहरुले मेडिकल काउन्सिलको कार्यालयमा पुगेर ६ हजार डाक्टरको लाइसेन्स काउन्सिललाई बुझाएका हुन् । नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर मुक्तिराम श्रेष्ठले मेडिकल काउन्सिलका कार्यवाहक अध्यक्ष नारायण थापालाई लाइसेन्स बुझाएको डा. बद्री रिजालले जानकारी दिए । नयाँ मुलुकी ऐनमा बिरामीको उपचारमा लापर्वाही गर्ने चिकित्सकलाई ५ वर्ष जेल सजाय र ५० हजार रुपैयाँसम्मको जरिवाना गरिने व्यवस्था गरिएपछि डाक्टरहरुले जोखिम लिएर बिरामीलाई बचाउन नसकिने भन्दै आन्दोलनमा उत्रिएका छन् ।

उनीहरुले उक्त ऐनलाई संशोधन गर्न माग गर्दै आएका छन् । डाक्टरहरुको आन्दोलनका कारण आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प छन । डाक्टरहरुको आन्दोलनका कारण बिरामी मर्कामा परेका छन् ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.