तामाङ राष्ट्रिय पुस्तकालयलाई क्षेत्र विकास समितिद्वारा पुस्तक सहयोग

असार ११, काठमाडौं । श्री बौद्धनाथ क्षेत्र विकास समितिले तामाङ राष्ट्रिय पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरेको छ।

श्री बौद्धनाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा बौद्ध अङ्गदधारामा रहेको पुस्तकालयलाइ करिब ६० वटा पुस्तक आज एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो। श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले तामाङ राष्ट्रिय पुस्तकालयका अध्यक्ष अमृत योञ्जन तामाङलाइ पुस्तक हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा श्री बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक शान्तीमाया तामाङ सदस्यहरु पशुपतिनाथ (श्याम) खतिवडा, जानुका भण्डारी श्रेष्ठलगायत तामाङ राष्ट्रिय पुस्तकालयका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा श्री बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक शान्तीमाया तामाङले शुभकामना मन्तब्य राख्दै मातृभाषा, साहित्य, संस्कृति र शिक्षाको उत्थान गर्ने उद्देश्यले स्थापना गरिएको पुस्तकालयलाई श्री बौद्ध नाथ क्षेत्र विकास समितिले पुस्तक हस्तान्तरण गर्न पाउदा खुसि लागेको बताइन । उनले उक्त पुस्तकालयलयलाई प्रदान गरेको पुस्तक अध्ययन अनुसन्धानमा उपयोगी हुने बिश्वास ब्यक्त गरेकी थिइन । कार्यक्रममा शुभकामना मन्तब्य राख्दै प्रमुख आतिथि श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले तामाङबारे अध्ययन, अनुसन्धान गर्न उक्त पुस्तकालय उपयोगी रहेको बताएका थिए ।

तामाङ समुदायका विभिन्न विषयमा लेखिएका पुस्तक एकैठाउँमा अध्ययन गर्न पाउने गरी स्थापना गरिएको उक्त पुस्तकालय लाइ श्री बौद्धनाथ क्षेत्र विकास समितिको तर्फबाट सहयोग गर्न पाउदा खुसि लागेको बताए । उनले आगामी दिनमा पनि पुस्तकालयको आवश्यकताको आधारमा सहयोग गर्दै जाने बताए । पुस्तकालयमा तामाङ भाषामा लेखिएका, तामाङद्वारा लेखिएका, तामाङ अध्ययन (तामाङबारे लेखिएका), तामाङ दुर्लभ पुस्तक, थेसिस र अभिलेख राखिएको छ ।

त्यसैगरि, तामाङ भाषाका पत्रपत्रिका, कोशलगायतका सन्दर्भग्रन्थ, जर्नल, सम्पादित पुस्तक, अनुसन्धानमूलक सामग्री र प्रतिवेदन, बौद्ध–स्वयम्भू–नमोबुद्ध सम्पदा र बौद्ध क्षेत्रका प्रकाशन, आदिवासी अध्ययन, महिला अध्ययन, हिमाली अध्ययन, भाषा र भाषाविज्ञानका पुस्तक तथा समग्री अध्ययन गर्न पाइनेछ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.