सिंगापुर विरुद्द नेपालको राम्रो सुरुवात

भदौ १७, काठमन्डौ । एशिया कप छनोट अन्तर्गत नेपालले सिंगापुरबाट एक सय ५२ रनको लक्ष्य पाएको छ ।

मलेसियाको युकेएम ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर ४२ ओभरमा एक सय ५१ रनमा अलआउट भयो ।

सिंगापुरका तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके । सुरुवात राम्रो गर्न नसकेको सिंगापुर विरुद्ध नेपाली बलर हावी भए । पहिलो ओभरमा नै सोमपाल कामीले विकेट लिदा सिंगापुरले खाता खोलेको थिएन ।

त्यसपछि उसले १८ रन बनाउदा तीन विकेट गुमाएको थियो । सिंगापुरका सुरुवाती तीन खेलाडीले दोहोरो अंक छुन सकेनन । चौथो विकेटका लागि चेतन रामचन्द्र र अनिश इडवार्डले ८० रनको साझेजारी गर्दै टिमलाई सम्हाल्ने प्रयास गरेका थिए ।

तर उनको जोडीलाई दिपेन्द्र ऐरीले तोडे । अनिशलाई दिपेन्द्रले ३१ रनमा रनआउट गरेपछि सिंगापुर ९८ रनमा चार विकेट गुमायो । तर सिंगापुरको विकेट झर्ने क्रम यतिमा रोकिएन ।

एक सय १८ रन बनाउदा सिंगापुरका ६ जना खेलाडी पेभेलियन फर्किएका थिए । जव उसका कप्तान चेतन ६० रनमा आउट भए त्यसपछि सिंगापुरको पारी पुरै खस्कियो ।

नेपाली बलरसँग संघर्षगरेर खेलेका उनले टिमका लागि कप्तानी पारी खेले । बलिङतर्फ ललित राजवंशी र सन्दिप लामिछाने तीन तीन तथा सोमपाल कामीले दुई विकेट लिए । नेपालले ब्रेक अगि ७ ओबरमा ३४ रन हनेको छ भने सबै विकेट सुरक्षीत छ ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.