जुम ब्युटी एकेडेमीको नयाँ शाखा स्वयम्भूमा

असार १०, काठमाडौँ । नायिका केकी अधिकारी र सन्दीप क्षेत्रीले जुम ब्यूटी एकेडेमीको नयाँ शाखा उद्घाटन गरेका छन् । कलाकारहरु अधिकारी र क्षेत्रीले सानो भर्‍याङ स्वयम्भूमा निर्मित एकेडेमीको ११ औँ शाखाको औपचारिक उद्घाटन गरेका हुन् ।

जावलाखेलमा प्रधान कार्यालय रहेको जुम ब्युटी एकेडेमीका यसअघि कलंकी, महाराजगञ्ज, बौद्ध चुच्चेपाटी, तीनकुने, भक्तपुर, बनेपा, ग्वार्खो, गोंगबु, बालाजु र तीनकुने शाखा सञ्चालित छन् । गुणस्तर युक्त प्रबिधि, सेवामूलक र सम्पूर्ण सुबिधा सम्पन्न जुम ब्युटी एकेडेमीमा दक्ष अनुभवि सौन्दर्यकर्मीद्वारा सेवाग्राहीले यो शाखाबाट पनि सेवा लिन पाउने सञ्चालक जुनु चक्रधरले बताए ।। यसका साथै यस पार्लरमा अन्तर्राष्ट्रिय स्तरको हेयर स्टायल ट्रेनिङ्ग, मेकअप ट्रेनिङ्ग, सेल्फ मेकअप, प्रोफेसनल ट्रेनिङ्ग लगायतका ट्रेनिङ्गको ब्यबस्था पनि छ ।

कार्यक्रममा एकेडेमीका सञ्चालकद्वय सौन्दर्यबिद् जुनु चक्रधर र कृषप तनावासुले अतिथिहरुलाई स्वागत गरेका थिए । नायिका केकी अधिकारी र सन्दीप क्षेत्रीले रिबन र केक काटेर नयाँ शाखा उद्घाटन गर्दै सफलताको भव्य शुभकामना समेत व्यक्त गरेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.