यातायात कार्यलयमा हुने ढिलासुस्ती र चलखेलको अन्त्य गर्नेछु– प्रदेशमन्त्री लम्साल

असार ८ काठमाडौँ । बानेश्वर बहुमुखी क्याम्पस काठमाडौँले वागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण सम्साललाई सम्मान गरेको छ ।

क्याम्पसले आफ्ना पूर्वविद्यार्थी लक्ष्मण लम्साललाई मन्त्री पदमा नियुक्त हुनुभएकामा बधाई तथा शुभकामना कार्यक्रम राखी सम्मान दिइएको हो । कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथि लक्ष्मण लम्सालले विद्यालयका संघर्षका दिन सम्झिनुभयो । आफ्नो राजनीतिक यात्राका आरोहअवरोहलाई पनि सम्झिनुभयो । विद्यार्थीहरुलाई केही अभिप्रेरणा पनि दिनुभयो । उहाँले आफू क्याम्पस सञ्चालक समतिको सदस्य पनि रहेकाले सकेको सघाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । यातायात, श्रम र रोजगार क्षेत्रका समस्याहरु पनि उठानुभयो । मन्त्री लम्सालले यातायात कार्यालयमा हुने ढिलासुस्ती र चलखेल अब चाँढै अन्त्य हुने विश्व व्यक्त गर्नुभयो ।

त्यस्तै सुरजचन्द्र लामिछानेले आफूले स्नातक तहमा वानेश्वर क्याम्पसमा पढेको र त्यस बेला क्याम्पस कमिटीमा रहेर राजनीति गरेको, क्याम्पसलाई परेका बेला सहयोग गरेको र आज विकास निर्माणका क्रममा पनि क्याम्पसलाई प्राथमिकतामा राखेको बताउनुभयो । बानेश्वर बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिबोल भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि सम्मानित व्यक्तित्व लक्ष्मण लम्साल नै थिए । अतिथिका रुपमा बागमती प्रदेश सभा सभासद् काठमाडौं क्षेत्र नं १ ख का सुरजचन्द्र लामिछाने, सञ्चालक समितिका सदस्य विदुर मैनाली, लिलेन्द्र प्रधान, शंकर प्रसाद पौडेललगायतको उपस्थिति थियो ।

बधाई तथा सम्मान कार्यक्रमलाई स्वागत गर्दै प्राध्यापक संघका सभापति कृष्ण हमालले आफ्नै क्याम्पसको विद्यार्थीको सफलतामा यो कार्यक्रममा स्वागत गर्न पाउँदा आजका विद्यार्थीलाई पनि केही शिक्षा मिल्ने ठानेर यस किसिमको कार्यक्रमको आयोजना गरेको बताउनुभयो । कार्यक्रममा क्याम्पस प्रमुख प्रा.डा घमानसिंह खड्काले लक्ष्मण लम्सालले विद्यार्थी छँदा स्ववियु सभापतिका रुपमा रहेर र वर्तमान अवस्थमा क्याम्पस सञ्चालक समितिको सदस्यका रुपमा सघाइरहेको बताउनुभयो । उहाँले अब लम्सालज्यूको जिम्मेवारी प्रदेशका विकास निर्माण र मुलुक निर्माणमा रहेको बताउनुभयो । उहाँले लम्साललाई विद्यार्थी बेलादेखि नै केही गरुँ भन्ने जुझारु भएको र लामिछाने पनि त्यस्तै प्रतिभा भएको बताउनुभयो ।

बानेश्वर क्याम्पस पूर्वविद्यार्थी समाजको समेत सहभागितामा भएको सो कार्यक्रममा पूर्वविद्यार्थी समाजका निमित्त संयोजक ओम बस्नेतले लक्ष्मण लम्साल र सुरजचन्द्र लामिछानेको परिचय दिँदै उहाँहरुलाईलाई क्रमशः सभासद् र मन्त्री बनेकामा बधाई अर्पण गर्नुभयो । उहाँले लम्साल र लामिछानेलाई अर्पण गरिने सम्मान पत्रको भाषा पनि पढ्नुभएको गियो । समाजका तर्फबाट पनि दुबै नेतालाई बधाई एवम् सम्मान अर्पण गरिएको थियो ।  सभाध्यक्ष हरिबोल भट्टराइले सभालाई सम्बोधन गर्दै लक्ष्मण लम्साल र सुरजचन्द्र ढकुरी दुवैलाई सफलताको शुभकामना दिनुभयो । उहाँले क्याम्पसका विद्यार्थीहरुलाई सम्मान गर्न पाउँदाको हर्ष प्रकट गर्दै क्याम्पसको समग्र उन्नतिमा सबै विद्यार्थीलाई क्याम्पसको अंग भएर लाग्न आह्वान गर्नुभयो ।

क्याम्पसका प्राध्यापक डा. रमेश शुभेच्छुले हरेक मूर्तिकारले आफ्नो मूर्ति प्रसिद्ध मन्दिरमा सजियोस् भन्ने चाहे जस्तै, हरेक चित्रकार वा कलाकारले अफ्नो कला महत्त्वपूर्ण ठाउँमा रहोस् भनेर चाहेजस्तै, हरेक लेखकले आफ्नो पुस्तक राष्ट्रप्रसिद्ध, विश्वप्रसिद्ध पुस्तकालय र विश्वविद्यालयमा पुगोस् भन्ने चाहे जस्तै हरेक गुरुले आफ्ना चेलाचेली उच्च आसनमा पुगून् भन्ने चाहेको बताउनुभयो । उहाँले लम्सालको काभ्रेको मण्डन देउपुरदेखिको राजनीतिक यात्रालाई पनि संक्षेपमा राख्दै बधाई ज्ञापन गर्नुभयो । त्यस्तै सुरजचन्द्र लामिछाने र लक्ष्मण लम्साल कुनै समयका प्रतिस्पर्धी भए पनि आज सँगसँगै एकै सभासद भएको, एकै किसिमको विद्यार्थी जीवन र विद्यार्थी राजनीतिमा हिँडेको, फरक पार्टी भए पनि आज एकै गठबन्धनमा रहेर आफूले पढेको क्याम्पसमा सम्मानित भएको पक्ष उल्लेख गर्नुभयो । उहाँले दुवैलाई मुख्यमन्त्री, संघीय मन्त्री बनेको र देशको मुहार फेर्ने अपेक्षा रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा बानेश्वर बहुमुखी क्याम्पसका प्राध्यापक, कर्मचारी, विद्यार्थी, पूर्वविद्यार्थी नेताहरुको व्यापक उपस्थितिका बिच भएको थियो । वानेश्वर क्याम्पस राजधानीको क्युयुए प्राप्त क्याम्पस हो । क्याम्पसकमा विभिन्न विद्यार्थी संघ संगठनहरु क्रियाशील छन् । विद्यार्थी सङ्घ संघठनका तर्फबाट रामकुमार कार्की, हेमन्त थापा, मूकेश बुढा, विश्व राजवंशीले संबोधन गर्नुभएको थियो । उहाँहरुले लम्साल र लामिछानेलाई बधाई दिँदै स्ववियु निर्वाचनलाई निरन्तरता दिनुपर्ने माग राख्नुभयो । कार्यक्रममा क्याम्पसका प्राध्यापक, पूर्वविद्यार्थी एवम् विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.