भदौ १७, काठमाडौँ । एशिया कप छनोट प्रतियोगितामा नेपालले अाज सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । हिजाे भएकाे खेलमा नेपालले घरेलु टिम मलेसियालाई १९ रनले हरायो ।
पहिलो खेलमा ओमान र दोस्रो खेलमा युएईसंग पराजित भएको नेपालले शनिबार आयोजक मलेसियालाई हराएको थियो । उक्त जितपछि एसिया कप छनोटको फाइनल खेल्ने नेपालको सपना जीवितै रहेको थियो ।
यस्तै नेपाल अघिल्ला तीनै खेल हारेको सिंगापुरविरुद्ध सहज जितको खोजीमा रहनेछ । तर, पछिल्लो खेलको नतिजाको आधारमा नेपालविरुद्ध सिंगापुरले आश्चर्यजनक नतिजा निकाल्ने सक्ने सम्भावना भने कमजोर छ ।
नेपाल भर्सेस सिंगापुर (हेड टु हेड)
सन २००८ (एसीसी एलिट ट्रफी) ः नेपाल ६ विकेटले विजयी
सन २०१० (विश्व क्रिकेट लिग डिभिजन-५) ः नेपाल १६ रनले विजयी
सन २०१० (एसीसी एलिट ट्रफी) ः नेपाल २१ रनले विजयी
सन २०१४ (विश्व क्रिकेट लिग डिभिजन-४) ः नेपाल ५ विकेटले विजयी
सन २०१४ (विश्व क्रिकेट लिग डिभिजन-३ ) ः नेपाल १९० रनले विजयी