कृषि क्रान्तिको कार्यभार समाजवादी क्रान्तिले पूरा गर्छः देव गुरुङ

असार ७, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले नेपालमा कृषि क्रान्तिको कार्यभार अधुरो रहेको बताउँदै समाजवादी क्रान्तिले मात्रै पूरा गर्ने बताएका छन् ।

संवाद डबलीमा बुधबार अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले ४६ औं जुगेडी किसान संघर्ष दिवस तथा ३२ औं किसान संघर्ष दिवसको अबसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै गुरुङले अहिलेको कृषि क्रान्तिकारीको कार्यभार वित्तीय एकाधिकार पुँजीवादविरुद्धको संघर्ष भएको बताए । “कृषि क्रान्तिको कार्यभार अझैं अधुरो नै छ । कृषि क्रान्तिको कार्यभार अन्ततः समाजवादी क्रान्तिले मात्रै पूरा गर्न सक्छ, अहिलेको कृषि क्रान्तिको कार्यभार भनेको वित्तीय दलाल पुँजीवादविरुद्धको संघर्ष प्रमुख रहेको छ” गुरुङले भने ।

देशलाई स्वाधिन अर्थतन्त्र निर्माणको लागि कृषि क्रान्तिको विकल्प नभएको बताए । गुरुङले कृषिमा आधुनिकरण, औजारीकरणसँगै नयाँ ढंगको उत्पादन प्रणालीको विकल्प नभएको बताए । भूमिसुधारको कार्यक्रमलाई सुधार गर्दै भूउपयोगको नीतिलाई अबलम्बन गरेर मौलिकरुपमा कृृषि क्रान्ति पूरा गर्नुपर्ने आवश्यकता रहेको बताए । कृषि प्रधान देश भनिएको तर कुनै कृषि बस्तुमा पनि आत्मनिर्भर नभएको बताउँदै गुरुङले वित्तीय एकाधिकार पुँजीवादले स्वादेशी उत्पादनलाई विस्थापित गरेको बताए । उनले विभिन्न कम्पनीको नामबाट भूमि वित्तीय एकाधिकार पुँजीपतिको हातमा पुगेको बताए । भूमि राज्य र किसानको हातमा आएसम्म कृषि क्रान्ति सम्भव नभएको बताउँदै गुरुङले त्यसको लागि संघर्ष गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा केन्द्रीय सदस्य किसान महासंघ फ्याक्स इन्चार्ज सुनिलकुमार मानन्धर, केन्द्रीय सदस्य सूर्य सुवेदी, रणेन्द्र बराईलीले पनि कृषिमा आत्मनिर्भर हुनलाई राज्यले विशेष कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठ अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव नहेन्द्र खड्का गरेका थिए भने उपाध्यक्ष मिना तामाङले स्वागत मन्तव्य राखेकी थिइन् । उक्त कार्यक्रममा माओवादी केन्द्र विशेष प्रदेश संयोजक विवेक, संगठनका उपाध्यक्ष अगस्त अधिकारी, केपी बराल, गोन्द्रि महर्जन, राबहादुर ढकाल, हरिनारायण महतो। कृष्णबहादुर कार्कीलगायतका किसान नेताहरुको सहभागिता रहेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.