कानुन र अदालत मान्दिनँ, भारतीय फिल्म चल्दैनः मेयर बालेन

असार ७, काठमाडौँ । काठमाडौं महानगरपालिका मेयर बालेन साहले देशको सार्वभौमिकता र स्वाधीनताको कुरामा आफूले कानुन र अदालतलाई पनि नमान्ने बताएका छन् ।

उच्च अदालत पाटनले काठमाडौंका फिल्म हलहरूमा भारतीय फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएपछि उनले सो कुरा बताएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘ जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारतको अधीनमा थियो भनी सके पछि उनीहरूको नियत थाहा हुन्छ ।’

उनले अदालत र सरकार भारतको गुलाममा भएको आरोप पनि लगाएका छन् । उनले लेखेका छन्, ‘यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधीनमा थियो , अदालत र सरकार भारत को गुलाम भएको बुजिन्छ । यसको लागि जुन सुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.