जोरपाटी सानो बजार अर्को ठाउँमा स्थानान्तरण

असार ७, काठमाडौँ । गोकर्णेश्वर नगरपालिका स्थित जोरपाटीमा चोकमा रहेको सानो बजारलाई नयाँ ठाउँमा स्थानान्तरण गरेको छ ।

बुधबार काठमाडौँ निर्वाचन क्षेत्र ३ का सांसद सन्तोष चालिसेले नयाँ स्थानमा सारिएको बजारको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा समानुपातिक सांसद शान्ती श्रेष्ठ, गोकर्णेश्वर नगर प्रमुख दिपक कुमार रिसाल, उप प्रमुख सान्नानी लामा, पुर्व सांसद कृष्ण बहादुर राई, नगर प्रवक्ता तथा वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदीलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा नगर प्रमुख दिपक कुमार रिसालले सानो बजार क्षेत्रमा व्यवसायिसँग सहमती गरी नयाँ ठाउँमा व्यवस्थापन गरेको बताए ।

त्यस्तै नगर उपप्रमुख सान्नानी लामाले नगरपालिकाले सबैलाई सहजता प्रदान गर्दै बजारलाई नयाँ स्थानमा व्यवस्थापन गर्न सफल भएकोमा सबेलाई धन्यवाद दिईन् । नयाँ बजारस्थल १०० मिटर दक्षिण पूर्वमा सरेको छ । बजार व्यवस्थापनका लागि कुमारी बैंकले वित्तिय सहकार्य गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.