जिप दुर्घटनामा सुदूरपश्चिमका कानुनमन्त्री सिंहको निधन

असार ५, काठमाडौं । बझाङमा भएको जिप दुर्घटनामा गम्भीर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ ।

उनको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ । घाइते अन्य दुईजनाको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । यसअघि आजै सिंहकी पत्नी अमृता सिंह र भाउजू जयादेवीको मृत्यु भएको थियो । डडेल्धुराबाट चैनपुरतर्फ गइरहेको सुप प्र ०१००१ झ ४८० नम्बरको गाडी केदास्यु गाउँपालिका–१ मा दुर्घटनामा परेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.