बौद्धमा सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता शुरु

जेठ ३२, काठमाडौं । श्री टुसाल युवा क्लबद्वारा आयोजना गरिएको श्री बौद्धनाथ क्षेत्र विकास कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता बुधबारबाट शुरु भएको छ ।

काठमाडौं महानगरपालिका वडा नं ६ बौद्धस्थित टाउन प्लानिङको फुटबल मैदानमा भएको उक्त प्रतियोगितामा २८ वटा टिमले सहभागीता जनाएका छन। प्रतियोगिताको एक कार्यक्रमका बीच श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले रेफ्री प्रदिप लामालाइ बल हस्तान्तरण गरि प्रतियोगिता सुभारम्भ गर्नु भयो । प्रतियोगिताको उद्घाटन कार्यक्रम श्री टुसाल युवा क्लबका अध्यक्ष विजय लामाको अध्यक्षतामा भएको थियो ।

उक्त उद्घाटन सत्रमा बिशेष अतिथिको रुपमा ओम तामाङ सुख दुस्ख गुठीका अध्यक्ष सुरज रुम्बा, सामुदायिक सेवा केन्द्र समितिका अध्यक्ष वीर बहादुर लामा बौद्ध भेट्रान क्लबका अध्यक्ष विवेक लामा, टुसाल युवा क्लबका संरक्षक चन्द्र दिप लामा, श्री बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक शान्तीमाया तामाङ, सदस्यहरु जानुका भण्डारी श्रेष्ठ, पशुपतिनाथ (श्याम) खतिवडा, रग्वा शेर्पा, शैलेश श्रेष्ठ, लगायत आयोजक संस्थाका पदाधिकारीहरुको आतिथ्यता रहेको थियो । कार्यक्रम संचालन युवा समाजसेवी अनमोल श्रेष्ठले गरेका थिए ।

प्रतियोगिताको उद्घाटन भएको प्रमुख अतिथि क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले गर्नु भएको थियो । कार्यक्रममा श्री टुसाल युवा क्लबका सचिव सन्तोष लामाले स्वागत मन्तव्य र टुसाल युवा क्लबका सल्लाहकार सुरज लामाले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमलाइ सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले क्षेत्रविकास समितिले स्थानीय क्षेत्रको विकासका साथै युवाहरुको विकासका लागि कार्य गर्दै आएकोमा जोड दिनु भयो ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.