“साँच्चै कि ख्याल ठट्टा” हास्य टेलिश्रृङ्खलाको शुभराम्भ

सुजन पाख्रिन

भदौ १६, काठमाडौं । अनिल लामाको प्रस्तुति र मणीराज काफ्लेको निर्देशनमा रहेक हास्य टेलिश्रृङ्खला ‘साँच्चै कि ख्याल ठट्टाको’ आज काठमाडौमा एक कार्यक्रमका साथ शुभराम्भ भएको छ ।

नेपाली कला जगतमा साँच्चै कि ख्याल ठट्टा सन्देशमुलक ब्याङ्ज्ञात्मक प्रस्तुती भएको र यसलाई निरन्तर लागेर समाजमा भएको समसामयिक विषयबस्तुको उठानका साथै प्रस्तुत गरि नेपाली समाज र दर्शकहरूमा लोकप्रिय बनाउने प्रस्तुतिकर्ता अनिल लामाले बताए । त्यस्तै चर्चित सेलो गायक प्रेम लोप्चनले हामीले यो धर्तीमाता लाई के दिन सक्छौ भन्दा यी र यस्तै प्रस्तुतिहरु दिन सक्छौ जो क्यामेरामा कैद भैसकेपछि कहिलै मर्दैन भन्दै सम्पुर्ण कलाकारहरु तथा टेलिश्रृङ्खला टोलिलाई शुभकामना दिए । यसले नेपालि समाज परिवर्तनमा सहयोग पुग्नुका साथै सबैको मनजित्ने निर्देशक मणिराज काफ्लेले बिश्वास व्यक्त गरे । माया तामाङ निर्माता रहेको उक्त टेलिश्रृङ्खला साँच्चै कि ख्याल ठट्टा खुल्दुलि मिडिया मार्फत प्रशारण हुने जानकारी गराएको छ ।

अनिल थिङ कलेक्सन एल्बम बिमोचन समेत रहेको उक्त कार्यक्रमको प्रमुख अतिथि गायक प्रेम लोप्चन रहेको थिए भने सभापतित्व अनिल लामाले गरेका थिए । कार्यक्रममा विभिन्न कलाकारहरुले संगीतिक मनोरञ्जनात्म प्रस्तुति दिनुका साथै टेलिश्रृङ्खला टिमलाई शुभकामना दिएको थियो । कार्यक्रममा सहयोगिहरुलाइ सम्मान पनि गरेका थिए ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.