लोकसेवामा अर्कैको नामबाट परीक्षा दिने सुब्बा र सहलेखापाल पक्राउ

जेठ ३१, काठमाडौं ।  लोकसेवा आयोगले लिएको परीक्षामा अर्कैको नामबाट परीक्षा दिने दुई जना पक्राउ परेका छन् ।

लोकसेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नम्बर १३८१२÷ ०७६÷ ०७७ (मधेस) एकीकृत तथा संयुक्त, खरिदार वा सो सरहको बुटवल केन्द्रमा सञ्चालन भएको लिखित परीक्षामा अर्कैको नामबाट परीक्षा दिएका २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

२९ फागुन २०७७ मा भएको प्रथम पत्रको परीक्षा तथा १६ साउन २०७८ मा भएको द्वितीय पत्र र तृतीय पत्रको परीक्षामा मनोज कुमार सुतिहारको नामबाट मनोज कुमार शर्मा र नारायण यादवले परीक्षा दिएको खुलेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्ने शर्मा हाल कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुमा सहलेखापाल पदमा कार्यरत छन् भने यादव जिल्ला हुलाक कार्यालय सप्तरीमा नायव सुब्बा पदमा कार्यरत छन् ।

उनीहरुविरुद्ध लिखितसम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता भइ रुपन्देही जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.