भदौ १६, काठमाडौं । दाङको तुलसीपुरमा बुहारीले नै बोक्सीको आरोपमा सासुको हत्या गरेकी छिन् ।
तुलसीपुर उपमहागनरपालिका ९ बेलुवा निवासी ६९ बर्षकी सासु खोपी रावतलाई हत्या गरेको आरोपमा साईली बुहारी दंगीशरण गाउँपालिका ३ हेकुली निवासी ४० बर्षकी टंकी रावतलाई आज प्रहरीले सार्वजनिक गरेको हो । झारफुक गर्न भनेर संगै गएका दुवै जना घर फर्किने क्रममा बाटोमा हत्या भएको प्रहरीले जनाएको छ ।