काठमाडौँमा प्रहरीले चलायो गोली, १ जना पक्राउ

जेठ २९, काठमाडौँ । काठमाडौँमा लागुऔषध ओसारपसारमा संलग्न गिरोह पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ ।

लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले ओसार पसारमा संलग्नको आशंकामा पक्राउ गर्ने क्रममा विकास भगतमाथि गोली चलाएको हो । प्रहरीले गोली लागेर घाइते भएका उनलाई उपचारका लागि काठमाडौँ मेडिकल कलेज पठाइएको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ । भगतबाट प्रहरीले १०० ग्राम लागू औषध नियन्त्रणमा लिएको छ ।

ठूलो मात्रामा लागूऔषध ओसारपसार गरेको आशंकामा ब्यूरोबाट प्रहरी निरीक्षकको टोलीले भगतलाई पछ्याएको थियो । भगत एक घरभित्र प्रवेश गरेपछि प्रहरी पनि पुगेको थियो । भगतले प्रहरी टोलीमाथि आक्रमण गरेपछि गोली चलाइएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.