संस्कृति मन्त्रीको उपस्थितिमा बौद्धनाथ क्षेत्रमा सरसफाई

जेठ २१, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती काठमाडौंको बौद्धनाथ परिसर सरसफाई अभियानमा सहभागी भएका छन ।

सम्पदा स्थलहरुलाई सफा एवं आकर्षक वनाउने लक्ष्यका साथ मन्त्रालय र श्री बौद्धनाथ क्षेत्र विकास समितिको संयुक्त आयोजनामा शनिवार बिहान भएको साँस्कृतिक सम्पदा सरसफाई कार्यक्रममा मन्त्री किराती सहभागी भएका हुन ।

मन्त्री किरातीले प्रत्येक शनिवार पशुपति क्षेत्रको सरसफाई गर्ने अभियान चलाउदै आएका थिए । पशुपति क्षेत्र सरसफाई अभियान सकिए संगै उनि शनिवार विश्व सम्पदा सूचिकृत बौद्धनाथ परिसर सरसफाईका लागि पुगेका हुन । मन्त्री किरातीको विशेष उपस्थिति रहेको सरसफाई कार्यक्रममा बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा, सदस्यहरु जानुका भण्डारी श्रेष्ठ, पशुपति खतिवडा, रग्वा शेर्पा, शैलेश श्रेष्ठ, स्थानीय संघसंस्थाका प्रतिनिधिहरु, विद्यार्थीहरु, सुरक्षाकर्मी, कलाकारहरुको सहभागिता रहेको थियो ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.