रजतपदक विजेता पाराग्लाइडिङका खेलाडीलाई जनही ५÷५ लाख

भदौ १६, काठमाडौं। इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुदमा रजतपदक जित्न सफल पाराग्लाइडिङका खेलाडीले जनही रु पाँचरपाँच लाख पाउने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) को २०६८ साल चैत २१ गतेको सन्चालक समिति बैठकले एसियाडमा व्यक्तिगत स्पर्धातर्फ स्वर्ण जिते रु २५ लाख, रजत जिते १५ लाख र कास्य जिते रु १० लाख तथा समूहगत स्पर्धातर्फ स्वर्ण जिते प्रतिखेलाडी रु १०, रजत जिते रु पाँच र कास्य जिते रु दुई लाख दिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार नेपाली पाराग्लाइडिङ खेलाडीले अब जनही रु पाँच लाख पाउने नेपाल पाराग्लाइडिङ तथा ह्यान्डग्लाइडिङ संघका महासचिव शैलेन्द्र रावतले जानकारी दिए । विमल अधिकारी, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ र विशाल थापाको नेपाली टोलीले पाराग्लाइडिङको टिम क्रसकन्ट्रीमा नेपाललाई रजत दिलाएको थियो । यस्तै, प्रशिक्षकद्वय योगेश भट्टराई र सानुबाबु सुनुवारले जनही रु तीन लाख पाउनेछन् ।

त्यसैगरी, पदक दिलाएबापत प्रशिक्षक र खेल संघलाईसमेत पुरस्कार दिने निर्णय भएको थियो । सोही निर्णयअनुसार पाराग्लाइडिङ संघले पनि रु ६ लाख पाउने भएको छ । इन्डोनेसियामा रजतपदक जित्दै नेपाललाई पदकविहीन हुनबाट जोगाएको नेपाली पाराग्लाइडिङ टोली आइतबार बेलुका नेपाल आइपुग्ने महासचिव रावतले जानकारी दिए । रासस

Satkar Media House
Leave A Reply

Your email address will not be published.