जेठ १८, काठमाडौं । राष्ट्रपतिले बुधबार गरेको नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ ।
वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीलगायतले बिहीबार नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणको विरुद्ध मुद्दा दर्ता गर्नु भएको हो । रिटमा राष्ट्रपतिको कदम खारेज गरी नागरिकतासम्बन्धी कानुन संसदीय प्रक्रियाअनुसार बनाउन माग गरिएको छ ।
नागरिकता विधेयकसम्बन्धी समस्यालाई अध्ययन गरी दीर्घकालीन समाधान गर्नू भन्ने आदेशको माग गरिएको छ । विदेशीहरुलाई खुसी पारेर शासन सत्ता टिकाउने, नेपाली नागरिकहरुलाई शोषण गर्ने र नेपालीहरुलाई अल्पमतमा पार्ने खेल भइरहेको डा. भण्डारी भनाई थियो ।

