आजदेखि बागमतीमा नीति तथा कार्यक्रममाथि छलफल

जेठ १७, काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

बैठकमा प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रममाथि प्रदेश सांसदहरूले धारणा राख्ने र संशोधन प्रस्तावमाथि छलफल हुनेछ ।

प्रदेश सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि संशोधन हाल्नका लागि मंगलबारसम्म समय दिइएको थियो । मंगलबारसम्म आएका संशोधन प्रस्तावमाथि पनि आजबाट छलफल सुरु हुन लागेको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.