भदौ १६, काठमाडौं । शनिवार (आज) बाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल ५ बजेवाट सञ्चालनमा आएको छ ।
विमानस्थलको हवाई चापलाई कम गर्न उद्धेश्यले विमानस्थलको आन्तरिक टर्मिनल विहान १ घण्टा अगाडिबाट सञ्चालनमा ल्याइएको हो । विमानस्थल ६ बजेबाट राति ३ बजे सम्म सञ्चालन हुँदै आएकोमा अब विमानस्थल ३ वजे देखी ५ वजे सम्म २ घण्टा मात्रै बन्द हुने विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए ।
६ बजेबाट विमानस्थल सञ्चालनमा ल्याउँदा ६ बजेर ४० मिनेटमा मात्र उडान उडान शुरु हुँदै आएको थियो । आजबाट ६ बजे देखि नै उडान शुरु हुने क्षेत्रीले बताए । विमानस्थल २२ घण्टा खुल्ला रहेपनि उडान अवतरण भने २१ घण्टानै हुनेछ ।