गोकर्णेश्वर नगरपालिका – ९ को नयाँ वडा भवन उद्घाटन

जेठ १६, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं ९ को नयाँ वडा भवनको आज उद्घाटन भएको छ । संघीय सांसद तथा प्रमुख अतिथी सन्तोष चालिसेले वडा भवनको उद्घाटन गर्नु भयो ।

उद्घाटन कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसाल, उपमेयर सान्नानी लामा, वडा अध्यक्षहरु नवराज लामा, नन्दलाल श्रेष्ठ, मधु तामाङ, जयराम महत, मुरारी प्रसाद कुईकेल, केशव गुरुङ तथा विभिन्न वडाका वडा सदस्यहरु, पूर्व नगर उपप्रमुख शान्ती नेपाल, समाजसेवी सरिता रिसाल एवम् विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको आतिथ्यता रहेको थियो ।

औपचारिक कार्यक्रम वडा अध्यक्ष राजिव थापाको सभापतित्वमा भएको थियो । कार्यक्रममा वडा सदस्यहरु लक्ष्मी गुरुङ, गमला परियार, उमेश चालिसे लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा बाल गायक विनम्र सुवेदीलाई सम्मान गरिउको थियो । यसैगरी विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । भवन उद्घाटन पूर्व आज पूजा, स्वस्ति शान्ति गरिएको थियो । नयाँ भवनबाट वडाको सेवा भोलीबाट शुरु हुनेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.