नक्कली भुटानी शरणार्थी प्रकरणमा तीन जनाको बयान सुरु

जेठ १६, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा तीन अभियुक्तको बयान सुरु भएको छ ।

अदालतका सूचना अधिकारी दीपक दहालका अनुसार मंगलबार इन्द्रजीत राई, सन्देश शर्मा र महेन्द्र केसीको बयान सुरु भएको हो । यी तीनको बयान छुट्टा÷छुट्टै सुरु गरिएको उनले जानकारी दिए । यसअघि, आइतबार सन्दीप रायमाझी, टंक गुरुङ र लक्ष्मी महर्जनको बयान भएको हो । त्यस्तै, गत शुक्रबार केशवपरसाद दुलाल र सागर राईको बयान भएको थियो ।

आज तीनजनाको बयान सकिएमा कुल आठको बयान सकिनेछ । पक्राउ परेका अन्य नौ अभियुक्तको बयान पनि यहि हप्ता सकाउने तयारी रहेको दाहालले बताए । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लाने भन्दै विभिन्न कसुरमा ३० विरुद्ध गत बुधबार मुद्दा दर्ता भएको थियो । ठगी, किर्ते, राज्यविरुद्धको अपराध, एकीकृत कसुर र‌ संगठित अपराधको अभियोगमा मुद्दा दर्ता भएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.