फोनिज काठमाडौँद्वारा पत्रकारलाई निःशुल्क आँखा शिविर

जेठ १२, कामठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)  काठमाडौँले निःशुल्क आँखा शिविरको आयोजना गरेको छ ।

श्रमजीवी पत्रकारहरु तथा आँखाको रोगीहरुलाई सहजता प्रदान गर्ने उद्देश्यले अरनिको समाजको सहयोगमा जेठ १३ गते ९भोलि० शिविरको आयोजना गरिएको फोनिज काठमाडौँ शाखाको अध्यक्ष शैलेस डंगोलले जानकारी दिए ।

अरनिको समाजले सहयोगमा भोलि विहान ८ बजेदेखि अनामनगर स्थित तमू भवनमा शिविर सञ्चालन हुने भएकोले आखाँ परिक्षण गरी मौकाको फाईदा लिनुहुन सबैलाई आग्रह गरेको छ । शिविरमा परिक्षण भएका आँखाका रोगीहरुलाई विशेष छुटसहित उपचार गरिने बताएको छ ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.