समाजवादी प्रेस संगठन काठमाडौँको अध्यक्षमा भीम लामा

जेठ ६, काठमाडौँ । समाजवादी प्रेस संगठन काठमाडौँ शाखाको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवम् संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रथम अधिवेशनबाट समाजवादी प्रेस संगठन काठमाडौँ शाखाको अध्यक्षमा पुनः भीम लामा चयन भएको छ । त्यस्तै उपाध्यक्षहरुमा रुपचन्द्र महर्जन, लक्ष्मी चौलागाइ चयन भएका छन् भने सचिवमा योगेन्द्र चौलागाइ चयन भएका छन् । सह–सचिवहरुमा बद्रि चौलागाई र गणेश वि.क. चयन भएका छन् ।

सदस्यहरुमा स्यारोण घिसिङ, डिगबहादुर श्रेष्ठ चयन भएका छन् । शनिवार काठमाडौँमा भएको जिल्ला अधिवेशनबाट प्रेस संगठनको जेठ २६ र २७ गते हुने केन्द्रीय अधिवेशनका लागि ८ प्रतिनिधि छनौट गरिएको छ ।  केन्द्रीय प्रतिनिधिहरुमा रामचन्द्र बल, जीके पोखरेल, नवराज शर्मा, कविचन्द्र कोइराला, रुपचन्द्र महर्जन, स्यारोण घिसिङ, गीता भुसाल र डिगबहादुर श्रेष्ठ रहेका छन् ।

कार्यक्रममा बोल्दै मन्त्री प्रकाश ज्वालाले नेपाली पत्रकारिताको इतिहासलाई स्मरण गराउँदै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि पत्रकार र पत्रकारिता क्षेत्रले महत्वपूर्ण योगदान पु¥याएको बताए । उनले नेपालको हरेक परिवर्तन पत्रकारविना सम्भव नभएको र प्रेस संगठनहरुले अत्यन्तै सम्मानजनक कार्य गरेको उल्लेख गरे । मन्त्री प्रकाश ज्वालाले समाजवादी प्रेस संगठन पार्टीको जनसंगठन भएकोले हरेक किसिमको साथ सहयोग रहने प्रतिवद्धतता गरे । पत्रकारिता क्षेत्रको सुधार तथा पत्रकारहरुको वृद्धिविकासका लागि सरकारको तर्फबाट हुने सहयोग गर्न तत्पर रहने बताए ।

कार्यक्रममा समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष शम्भू श्रेष्ठले भ्रष्टाचार र अनिमियतता विरुद्ध पत्रकारहरु डटेर लाग्नुपर्ने बताए । नयाँ प्रविधिको विकास संगै पत्रकारिता क्षेत्रमा देखिएको अवसर र चुनौतिबारे सचेत भएर सञ्चार क्षेत्रलाई सत्कर्मको रुपमा विकास गर्नुपर्ने अध्यक्ष श्रेष्ठले बताए ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी) काठमाडौँ जिल्ला अध्यक्ष एल्पी श्रेष्ठल विकास निर्माणसंगै सामाजिक परिवर्तनमा पत्रकार र पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए । सरकार, राजनीतिक दलका नेताहरुलाई खबरदारी गर्ने र सचेत गराउन पत्रकारहरुले निश्पक्ष ढंगले कलम चलाउनुपर्ने बताए । पार्टीको सुद्धीकरण अभियानसंगै समाजवादी प्रेस संगठनलाई पनि चुस्त र सक्रिया बनाउन आफ्नोतर्फबाट आवश्यक सहकार्य र सहयोग रहने प्रतिबद्धतता गरे ।

प्रथम अधिवेशनबाट निर्वाचित समाजवादी प्रेस संगठन काठमाडौँ शाखाका अध्यक्ष भीम लामाले पत्रकारिता क्षेत्रलाई सुदृढीकरण एवम् सुद्धीकरण गराउन आवश्यक रहेको बताए । अध्यक्ष लामाले पत्रकारिता गर्ने पेसालाई व्यवस्थित र मार्यादित बनाउन पत्रकार स्वयंम संवेदनशील बन्नुपर्ने बताए । कुनै बहानामा पत्रकार र सञ्चारगृहमाथी हुने धम्की, अवरोध, आक्रमण लगायतका गतिविधिविरुद्ध आफु डटेर लाग्ने प्रतिबद्धतता गरे ।

समाजवादी प्रेस संगठन नेपाल काठमाडौँ शाखाको प्रथम अधिवेशनबाट १२ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा सञ्चार क्षेत्रलाई मार्यादित, सुरक्षित र सुदृढिकरण गराउने अभियानलाई तिब्रताका साथ अगाडी बढाउन सञ्चार संवाद–यात्रा सञ्चालन गरिने बताएको छ । अधिवेशनले साना लगानीमा सञ्चालित स्वरोजगारमुलक मिडियाको रक्षाका लागि विशेष कार्य योजना ल्याउन केन्द्रीय सरकार र वागमती प्रदेश सरकारसमक्ष आग्रह गरेको छ ।

त्यस्तै पत्रकारहरुको वृद्धिविकास, हकहित, प्रेस काउन्सिलले मिडियामाथी लगाउन खोजेको अंकुश, न्यूनतम पारिश्रमिक निर्धारण, विज्ञापन बोर्डले गरेको निर्णय लगायतको विषयमा विशेष चासो लिएको बताएको छ । घोषणापत्रमा स्वारोजगारमूखी साना लगानीका मिडियाको लागि सहुलियत दरमा वा ५० प्रतिशत अनुदानमा कागज, ल्यापटप, विद्युतीय उपकरण, क्यामरा लगायतका सामान खरिद गर्न पाउने व्यवस्था गर्न माग गरेको छ ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.