परराष्ट्र मन्त्रालयका कर्मचारी बेगनास तालमा मृत फेला

वैशाख २५, पोखरा । परराष्ट्रमा मन्त्रालयका नायव सुब्बा अनुप भण्डारी आज (सोमबार) पोखरामा बेगनास तालमा मृत फेला परेका छन् ।

बिहान ८ बजे डुंगाघाट भन्दा ४ सय मिटर टाढा पानीमा तैरिरहेको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थल पुगी शव ताल बाहिर निकालेर हेर्दा साथमा भेटिएको परिचय पत्रका आधारमा भण्डारीको पहिचान खुलेको थियो । ३१ वर्षीय भण्डारी आइतबार मध्यरात १ बजे काठमाडौंबाट जहाज चढेर पोखरा आएको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवणकुमार विकले बेगनासतालमा भण्डारी फेला परेको पुष्टि गरे । भण्डारी जहाजबाट पोखरा आइसकेपछि राति २ बजे आफ्नो परिवारलाई पोखरा आइपुगेको सन्देश पठाएको स्रोतले जनाएको छ । उनी आइतबार राति १० बजे अफिस जानुछ भनेर घरबाट निस्केको खुलेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.