राजधानीमा दाहाल प्रतिष्ठानको तीज विशेष कार्यक्रम सम्पन्न

भदौ १६, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा जोडिएका दाहाल बन्धुहरुको समूह दाहाल प्रतिस्ठान फेसबुक ग्रुप तथा युवा जागारण अभियानद्वारा शनिवार राजधानीमा तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाली नारीहरुका महान पर्व हरितालिका तीजको अवसर पारेर सो कार्यक्रमको आयोजना गरिएको हो । देशभरिकै दाहाल बन्धुहरुको पारिवारिक भेटघाट तथा भातृत्व कायम गराउने र सामाजिक सदभावको वातावरण निर्माण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले बताए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा पशुपति शम्शेर जबरा र विशेष अतिथिहरुमा रेणु दाहाल, दाहाल प्रतिष्ठानका केन्द्रिय अध्यक्ष शालिग्राम दाहाल रहेका थिए । साथै कलाकार तथा रेडियो रंगकर्मी दिनेश डिसी, हाँस्य कलाकार दमन रुपाखेती र गायक माधव दाहालले आफ्नो प्रस्तुति राखेका थिए । विशेष गरी ताप्लेजुङ खेवाङका सरदेवी नाच पनि प्रस्तुत गरिएको थियो ।

युवाहरुको मनोभावनालाई सशक्त बनाई सामाजिक तथा सांस्कृतिक, धार्मिक कार्यमा सहभागी गराई विश्वसामु दाहाल बन्धु र नेपाली पहिचानको चिनारी गराउन सामाजिक सञ्जाल फेसबुकमार्फत देश तथा विदेशमा रहेका दाहाल बन्धुलाई एक ठाउमा ल्याइएको सामाजिक सञ्जालका अभियान्तहरु बताउँछन् । फेसबुक ग्रुपको अभियानमा प्रविन दाहाल, सन्देश दाहाल, नविन दाहाल, सन्तोष दाहाल, विशाल दाहाल, अन्जान किशोर दाहाल, भिमसेन दाहाल, र इश्वर दाहाल लगायत छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.