वैशाख २५, काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रतिनिधिसभा बैठकस्थलमै कपडा खोलेका छन् । सोमबार उनले बोल्नका लागि समय मागेका थिए । समय नपाएपछि सिंहले कपडा खोलेर विरोध जनाएका हुन् ।

सभामुख देवराज घिमिरेले आकस्मिक र विशेष समय नराखिएको जानकारी गराउँदा गराउँदै सिंहले समय मागेका थिए । उनले त्यसपछि कपडा खोलेर विरोध गरेका हुन् । सिंहले कपडा खोलेर विरोध जनाएपछि संसद्मा अभद्र व्यवहार गर्न नपाइने नियमावलीको व्यवस्था सभामुखले ध्यानाकर्षण गराएका थिए ।

