राष्ट्रपति पौडेलले नागरिकता विधेयकका सम्बन्धमा कानूनविदहरुसँग छलफल गर्दै

वैशाख २४, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता बिधेयकका सम्बन्धमा आईतबार कानूबिद्हरुसँग छलफल गर्ने हुनुभएको छ ।

पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीले संघीय संसद्का दुबै सदन (राष्ट्रिय र प्रतिनिधि सभा) पास भएर प्रमाणीकरणका लागि पठाइएको सो बिधेयक प्रमाणीकरण गर्नुभएको थिएन ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार पूर्व राष्ट्रपति भण्डारीद्वारा राष्ट्रपति कार्यालयमा रोकिएको नागरिकता विधेयकको अवस्था के हुन्छ भनेर राष्ट्रपति पौडेलले आज दिउसो कानूनविद्हरूसंग छलफल गर्न लाग्नु भएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.