वृद्धाश्रम केन्द्रलाई खाद्य सामग्रीसहित नगद हस्तान्तरण

वैशाख १९, काठमाडौँ । १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा एसवाई प्यानल नेपाल र एसवाई बजारले हिमालय वृद्धाश्रम केन्द्रलाई खाद्य सामग्रीसहित नगद हस्तान्तरण गरेको छ।

काठमाडौंको गोंगबुमा रहेको उक्त वृद्धाश्रममा ५० जना वृद्ध–वृद्धाहरु छन्। एसवाई प्यानल र एसवाई बजारका पदाधिकारीहरु गोंगबुमा पुगेर खाद्य सामग्री र नगद हस्तान्तरण गरेका हुन्। सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रमको आयोजना गर्दै एसवाई प्यानल र एसवाई बजारले १ लाख ५० हजार बराबरको खाद्यान्न र नगद ५० हजार हस्तान्तरण गरेको एसवाई प्यानलका निर्देशक शशी साहले जानकारी दिए। यस संस्थाले वितरण गरेको खाद्य सामग्री र नगदबाट कम्तिमा डेढ महिना वृद्धाश्रम सञ्चालनमा सहयोग पुग्ने समन्वयकर्ता सरला पन्तले बताइन्।

‘एसवाई प्यानल र एसवाई बजारबाट जुन मूल्यको सामग्री र नगद पायौँ, यति धेरै हामीले आजसम्म कोही कसैबाट पाएका थिएनौँ’ पन्तल भनिन। एसवाई प्यानल र एसवाई बजार स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको एक सामाजिक संस्था हो। यस संस्थाले प्रत्येक महिनामा सामाजिक उत्तरदायित्व वहन गर्न सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक लगायतका विभिन्न सकारात्मक परिवर्तन ल्याउन अझै प्रभावकारी कार्यक्रम गर्ने निर्देशक साहले बताए।

Satkar Media House
Leave A Reply

Your email address will not be published.